डाेटीमा बस दुर्घटना, कम्तिमा २५ जना घाइते

डिसी नेपाल
२९ वैशाख २०७९ ७:४५

धनगढी। डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन्।

कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ। कम्तिमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए। दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *