एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हाल्दा…
काठमाडाैं। काभ्रेकाे चाैंरीदेउराली गाउँपालिकामा मतदानकाे क्रममा विवाद उत्पन्न भएकाे छ। विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेकाे काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए।
उनका अनुसार बैठकबाट विवाद निरुपण हुने र त्यसपछि निर्वाचन हुने जानकारी दिए। ‘अघि एकछिन विवाद भयाे। त्यस्ताे केही भएन। अहिले सर्वदीय बैठक बसिरहेकाे छ । केहीबेरदेखि फेरि मतदान हुन्छ’, उनले भने। एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हालेपछि विवाद भएकाे हाे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment