दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित
सुर्खेत। दैलेखको ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ। दुई पक्षबीच झडप हुँदा प्रहरी अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ।
इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए। स्थिति नियन्त्रण बाहिर गएपछि अहिले मतदान स्थगित भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment