बाजुराको दुई स्थानीय तहमा कर्फ्यू

डिसी नेपाल
३० वैशाख २०७९ २३:१६

बाजुरा । मतदान सकिएलगत्तै बाजुरा जिल्लाको दुई स्थानीय तहमा कर्फ्यू लगाइएको छ ।

जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ७, ८, ९ र १० र बुढीगंगा नगरपालकिाका वडा नं २, ३, ४, ५ र ९ मा कर्प्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

त्यहाँ वैशाख ३१ गते बिहान ७ बजेसम्मका लागि कर्फ्यू लगाइएको हो । मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षति हुनबाट रोक्न कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका  प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *