महोत्तरीको केही पालिकामा मतगणना सुरु
महोत्तरी। महोत्तरीमा मतगणनाको विषयमा सर्वदलीय छलफल जारी छ। जिल्लाका १५ वटै स्थानीय तहमा मतगणनाको मापदण्ड र मतगणनाको समय निर्धारण गर्न छलफल जारी रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।
१५ वटा स्थानीय तहमध्ये जिल्लाको उत्तरी क्षेत्रमा रहेका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा भने अहिले मतगणना सुरु गर्ने निर्णय भएको छ।
बर्दिबास नगरपालिकामा वडा नम्बर ८ मतगणना सुरु गर्ने तयारी भैइरहेको छ भने गौशाला नगरपालिकामा कहाँबाट गर्ने भन्ने समबन्धमा अझै निर्णय हुन सकेको छैन।
निर्वाचन कार्यालयका अनुसार जिल्लाको जलेश्वर नगरपालिकामा बिहान ८ वजेवाट मतगणना सुरु हुनेछ भने महोत्तरी गाउँपालिकामा बिहान ९ बजेवाट सुरु गरिने सर्वदलीय छलफलवाट सर्वसम्मत पारित भएको छ।
जिल्लाका सबै ठाउँको मतपेटिका मतगणनास्थलमा पुर्याइ सकिएको छ । ४९७ मतदान केन्द्र र २५८ मतदानस्थलमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोग महोत्तरीले जनाएको छ। जिल्लामा जम्मा ७२० पदको लागि ४५६६ जना उम्मेदवार चुनावी मैदानमा छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment