काठमाडौंमा बालेनले अग्रता फराकिलो पारे, सुनिताको तेब्बरभन्दा ठूलो अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ १७:१९

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता फराकिलो पारेका । यसअघि ३७ मतले अगाडि रहेका बालेनले अग्रता फराकिलो पारेर ७२ मतको अग्रता लिएका छन् ।

पछिल्लो अपडेटअनुसार बालेनको मत ३५३ पुगेको छ । एमालेका केशव स्थापितले २८१, काँग्रेसको सिर्जना श्रेष्ठले २३७ मत पाएका छन् । राप्रपाका मदनदास श्रेष्ठले १६ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले प्रतिस्पर्धीको भन्दा तेब्बरभन्दा धेरै मतले अग्रता लिइरहेकी छिन् । सुनिताले २०९ मत ल्याएकी छिन् । उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४६ मत ल्याउँदा राप्रपाकी बिनिता मगैयाले २८ मत पाएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *