भरतपुरमा २ हजार ९६८ मत गणना हुँदा ९८ मतले रेणु दाहाल अगाडि

डिसी नेपाल
१ जेठ २०७९ ७:५९
236
Shares

चितवन। चितवनकाे भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन्। उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन्।

२ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेक विजय सुवेदीले १ हजार ७ मत पाएका छन्। सुवेदीलाई राप्रपाकाे पनि साथ छ।

कांग्रेसका बागी उम्मेदवा जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.