इलामको माङसेबुङ गाउँपालिकामा एमालेका हेमन्त राई निर्वाचित
इलाम। गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै इलामको माङसेबुङ गाउँपालिकामा नेकपा एमालेले जितेकाे छ । गाउँपालिका अध्यक्षमा हेमन्त राई निर्वाचित भएका हुन्।
राई ३ हजार ८१८ मतसहित विजयी हुँदा गठबन्धनका उम्मेदवार डिकेन्द्र इदिङ्गोले ३ हजार ३९५ मत पाए। पराजित डिकेन्द्र निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। यसअघिकाे चुनावमा पनि राई हेमन्त र डिकेन्द्रबीच प्रतिस्पर्धा भएकाे थियाे।
उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार विनोद नेम्वाङले एमालेकी सुनिता सुब्बालाई पराजित गरेका छन्। जनता समाजवादीबाट उपाध्यक्ष उम्मेदवार भएका नेम्वाङले ३ हजार ७२९ मत प्राप्त गर्दा निर्वतमान उपाध्यक्षसमेत रहेकी सुब्बाले ३हजार ४६ मत प्राप्त गरेकी छिन्।
उपाध्यक्षमा नेम्वाङ र सुब्बाको पनि यो दोस्रो प्रतिस्पर्धा हो। अघिल्लो निर्वाचनमा सुब्बाले नेम्वाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन्।
एउटा वडामाबाहेक माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनुमक्ति पार्टीका बीचमा गठबन्धन भएको थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।






डिसी नेपाल





Facebook Comment