निर्वाचन परिणामले राप्रपा उत्साहित – प्रवक्ता श्रेष्ठ

डिसी नेपाल
२ जेठ २०७९ ९:०९
848
Shares

काठमाडौं। राजसंस्था र हिन्दु धर्मको पक्षमा उभिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचनमा प्राप्त हुँदै आएको मत परिणामको आधारमा पार्टीको पक्षमा जनमत बढेको दाबी गरेको छ।

२०७४ सालमा भन्दा धेरै स्थानीय तहमा जित हात पर्नेमा पनि राप्रपा विश्वस्त देखिएकाे छ।

‘दुई ठूला महागठबन्धनविरुद्ध राप्रपा एक्लै लडेको छ । तर, धेरै वडामा टिमको जित भइसक्यो। पालिकामा पनि पहिलेभन्दा बढी जित हुने संकेत प्रारम्भिक मत परिणामले देखाइसक्यो । समग्रमा हाम्रो पार्टीको जनमत बढेको देखियो’, पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपा झापाको दमक नगरपालिका र भरतपुर महानगरपालिकाबाहेकका स्थानीय तहमा एक्लै निर्वाचन लडेको छ।

एक्लै लडेकोमध्ये केही स्थानीय तहमा राप्रपाको अग्रता छ। केहीमा भने प्रतिस्पर्धी दल बनेको छ। प्रवक्ता श्रेष्ठले प्रारम्भिक परिणाले राप्रपा उत्साहित भएको प्रतिक्रिया दिए।

उनी भन्छन्, ‘महाधिवेशन सकेर हामी जनता माझमा पुगेको पाँच महिना त भयो । निर्वाचनको छोटो तयारी भयो हाम्रो। यो पाँच महिनामा एमाले, कांग्रेस, माओवादीजस्ता स्थापित राजनीतिक दलहरूलाई टक्कर दिने अवस्थामा आइपुग्‍नु भनेको चानचुने सफलता होइन।’

उनले राप्रपालाई कमजोर पार्ने र जसरी पनि निर्वाचन जित्नेगरी कांग्रेस नेतृत्वमा पाँच दलीय र एमाले नेतृत्वमा राप्रपा नेपाल र परिवार दलसहितको गठबन्धन बनेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.