‘चपली हाइट’का हिरो गोदावरी नगरपालिकामा विजयी
काठमाडौं। फिल्म ‘चपली हाइट’का अभिनेता राज घिमिरे भनेर चिनिने सानुराजा घिमिरे गोदावरी नगरपालिकामा निर्वाचित भएका छन् ।
उनी गोदावरी नगरपालिकाको वडा नं ३ को अध्यक्षमा विजयी भएका हुन्।
माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनले १०५९ मत पाए । उनका प्रतिद्वन्द्वी राम आचार्यले १०४९ मत प्राप्त गरेका थिए।
घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा पनि माओवादीबाटै यही वडाको वडाध्यक्षमै उठेर हारेका थिए ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment