भरतपुरमा रेनुको अग्रता बढ्यो, जगन्नाथको मत ३ हजार माथि
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन्।
वडा नम्बर ५ को मतगणना जारी रहँदा उनी ९२ मतले अगाडि पुगेकी हुन् । १८ हजार ५८३ मत गणना सकिँदा रेनुले ६ हजार २०७ मत पाएकी छिन्।
उनलाई पछ्याइरहेका एमाले उम्मेदवार विजय सुवेदीले ६ हजार ११५ मत प्राप्त गरेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३३ मत ल्याएका छन्।
उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ७५५८ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १० मत प्राप्त गरेकी छन् ।
भरतपुर महानगरपालिका–५ को एक हजार ३१७ मत गणना हुँदा वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले ५७८ मत र नेकपा एमालेका पदमपाणि सुवेदीले ५७२ मत प्राप्त गर्नु भएको छ।
यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन्।
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडी र इच्छाकामना बाहेकका चार पालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै छ।






डिसी नेपाल





Facebook Comment