बालेनको मतान्तर झन् बढ्यो, सुनिताले बालेनलाई भेट्टाउनै लागिन्

डिसी नेपाल
३ जेठ २०७९ १५:११
12.8k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ५ हजारभन्दा धेरैको मतान्तरसहित अग्रता लिइरहेका छन् । उनको मत ११ हजारभन्दा माथि पुगेको छ ।

पछिल्लो मतपरिणामअनुसार शाहले ११ हजार ४७७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार २९० मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४९२ मत पाएकी छन्।

उपमेयरमा एमालेकी सुनिता डंगोलले ११ हजार ३२५ मत पाएकी छिन् । उनको मत बालेनकोजति पुग्नै लागेको छ । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ३१६ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.