भरतपुरमा रेनुको अग्रता २ सयभन्दा धेरै भयो

डिसी नेपाल
३ जेठ २०७९ १५:३०
292
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदका लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर ह्वात्तै बढाएकी छिन्। यसअघि १९८ मतले अग्रता लिइरहेकी रेनुले अर्को राउण्डमा मतान्तर बढाएर २११ पुर्‍याएकी छिन् ।

पछिल्लो मतगणना अपडेटअनुसरा १५ हजार ५ सय ८३ गणना गर्दा रेनुले ६ हजार ६ सय २ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले ६ हजार ३ सय ९१ मत ल्याएका छन्। रेनु र विजयबीच २११ मतको फरक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.