बालेनको ५३७३ को लिड
काठमाडौं। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ५ हजारभन्दा धेरैको मतान्तरसहित अग्रता लिइरहेका छन् । उनको मत ११ हजारभन्दा माथि पुगेको छ ।
पछिल्लो समय बालेनले निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितसँग ५ हजार ३७३ र कांग्रेसकं सिर्जना सिंहसँग ६ हजार १४६ मतको अग्रता लिइरहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार शाहले ११ हजार ६३२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार २५९ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४८६ मत पाएकी छन्।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment