जुम्लामा ६ पालिकाको मतगणना सम्पन्नः अघिल्लो निर्वाचनमा २५ वडा जितेको माओवादी १६ वडामा सिमित

डिसी नेपाल
३ जेठ २०७९ २२:१५

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका – ६ वडामा माओवादी केन्द्रका विशाल खड्का पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले २०४ मत प्राप्त गरी पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी कांग्रेसका कर्णबहादुर विष्टले १२५ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा खड्का नै वडाध्यक्षमा निर्वाचित भएका थिए ।

कनकासुन्दरी गाउँपालिका – १ वडामा माओवादीका भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ३५३ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका गोबी बुढाले ३३२ मत प्राप्त गरेका हुन् ।

सोही गाउँपालिका–२ वडामा माओवादीका खाम्मा रावत निर्वाचित भएका छन् । उनले ४८९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका नरबहादुर रावतले ४०२ मत प्राप्त गरेका हुन् ।

कनकासुन्दरी – ४ वडामा माओवादीका धनमानसिंह हमाल निर्वाचित भएका छन् । उनले ३५७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार गंगाराम बुढाले १९७ मत प्राप्त गरेका हुन् । यस्तै ५ नम्बर वडामा माओवादीका विस्णुबहादुर बढुवाल निर्वाचित भएका छन् । उनले १५८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर घर्तीले १४४ मत प्राप्त गरी पराजय भएका हुन् ।

सिंजा गाउँपालिका –२ वडामा माओवादीका तिर्थ वड निर्वाचित भएका छन् । उनले ३९६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका मनप्रसाद शर्माले ३२७ मत प्राप्त गरेका हुन् । ३ नम्बर वडामा माओवादीका सुरतबहादुर रावत निर्वाचित भएका छन् । उनले ३९६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका हरिहर जैसीले ३८३ मत प्राप्त गरेका छन् ।

हिमा गाउँपालिका – ३ वडामा माओवादीका धनविर रोकाया निर्वाचित भएका छन् । उनले २३३ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका धनपति सार्कीले १७८ मत प्राप्त गरी पराजित भएका हुन् । ४ वडामा माओवादीका जग्ग रोकाया निर्वाचित भएका छन् । उनले १७९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका धनराम बुढाले १६९ मत प्राप्त गरेका हुन् ।

तिला गाउँपालिका – १ वडामा माओवादीका जंगबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले ३४६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी काँग्रेसका मनबहादुर रावतले १९४ मत प्राप्त गरेका हुन् ।

पातारासी गाउँपालिका –१ वडामा माओवादीका लालसिंह ऐडी निर्वाचित भएका छन् । उनले २५२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी २४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पातारासीकै ३ नम्बर वडामा माओवादीका गोविन्द रावत निर्वाचित भएका छन् । उनले ५१३ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका लछुमन महताराले ३८५ मत प्राप्त गरेका हुन् ।

पातारासीको ४ वडामा माओवादीका कालीबहादुर ऐडी निर्वाचित भएका छन् । उनले ६४७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी काँग्रेसका स्यामबहादुर रउलेले ४८० मत प्राप्त गरेका हुन् ।

चन्दननाथ नगरपालिका – ३ वडामा माओवादी केन्द्रका रतन खत्री निर्वाचित भएका छन् । उनले २५६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार मीनबहादुर भक्र्रीले १५९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । सोही नगरपालिकाको ५ नम्बर वडामा माओवादीका विर्ख कार्की निर्वाचित भएका छन् । उनले १६८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार पूर्णप्रसाद श्रेष्ठले १४९ मत प्राप्त गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *