अर्कै उम्मेदवारको प्रतिनिधि बस्न बालेन साह ललितपुरमा, को हुन् नरसिंह व्यञ्जनकार ?
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् ।
वडाअध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागी हुन बालेन ललितपुरको मतगणनास्थल पुगेका हुन् । बालेन काठमाडौं महानगरको मेयरमा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्र स्थानमा छन् ।

बालेन प्रतिनिधि बसिदिन गएका ललितपुरका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यसअघिका पनि वडा अध्यक्ष हुन् । यसअघि पनि उनी स्वतन्त्र निर्वाचित भएका थिए । नरसिंह बालेनका निकट सहयोगी कुमार बेनका पिता हुन् । कुमारले यसअघि पनि आफ्ना पिताको निर्वाचन अभियानको नेतृत्व गर्ने गरेका थिए ।
अहिलेको निर्वाचनमा कुमार बेन बालेनको निर्वाचन अभियान अघि बढाउने कोर टिमका प्रमुख सदस्य हुन् । कुमार स्काउटलगायतका संस्थामा आबद्ध रहेर सामाजिक काम गर्दै आएका व्यक्ति हुन् । बालेनको पक्षमा कलाकारहरूको शुभेच्छा तान्न पनि उनको अग्रणी भूमिका छ ।







डिसी नेपाल





Facebook Comment