बालेन शाहको लिड ८ हजार माथि

डिसी नेपाल
४ जेठ २०७९ १२:१७
904
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले एमाले-कांग्रेसका उम्मेदवारलाइ निकै पछि पारेका छन्। निकटतम प्रतिद्वन्द्वीभन्दा उनको अग्रता ८ हजारभन्दा धेरै भएको छ ।

पछिल्लो मतगणना अनुसार बालेनले १६ हजार भोट कटाएका छन्। बालेनले १६५७९ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापितले ८५७३ भोट पाएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७७०८ भोट ल्याएकी छन्।

मतगणनाको सुरूदेखि नै बालेनले अग्रता कायम गर्न सफल भएका छन्। अहिले उनको अग्रता एमालेसँग ८००६ पुगेको छ । काग्रेससँग उनको अग्रता ८८७१ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.