ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
४ जेठ २०७९ १२:२७
3.9k
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन्। एमालेले मंगलबार संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘अन्ततः एमालेले लामो निरर्थक संसद अबरोध अन्त्य गर्यो। राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पथ्र्यो,’ श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘ढिलै भएपनि विवेकले काम गर्यो। राम्रो गर्यो।’

एमालेले यसरी नै आत्मसमिक्षा गरे वाम आन्दोलनको हितमा हुने समेत उनले बताएका छन्। ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गंभीर आत्म्ससमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ। सोचौं,’ उनले भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.