स्थापित र सिर्जनाको भोट जोड्दा १६६९३, बालेन एक्लैको भोट १६९४३
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले एक्लै आफ्ना सबैभन्दा नजिकका २ प्रतिस्पर्धीको संयुक्त भोटभन्दा धेरै भोट ल्याएका छन् ।
पछिल्लो अपडेटअनुसार बालेनले १६ हजार ९४३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितले ८ हजार ७९८ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहको ७ हजार ८९५ मत छ ।
बालेनको मत २ निकटतम प्रतिस्पर्धिको भन्दा धेरै छ । स्थापित र सिर्जनाको भोट जोड्दा १६ हजार ६९३ हुन्छ । यो बालेनले एक्लै ल्याएको भोटभन्दा २५० कम हो । बालेनले निकटतम प्रतिस्पर्धी स्थापितको भन्दा ८ हजार १४५ भोट बढी ल्याएका छन् ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment