घोराही उपमहानगरपालिकामा एमालेको फराकिलो अग्रता, गठबन्धन भन्दा ६१ सय मतान्तरले अगाडि

डिसी नेपाल
४ जेठ २०७९ १७:०६
224
Shares

दाङ । घोराही उपमहानगरपालिकामा नेकपा(एमाले)ले सत्ता गठबन्धनलाई फराकिलो मतान्तरले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार ६८३६१मतगणना हुँदा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ३२३१२ मत ल्याएका छन् ।

चौधरीले गठबन्धनलाई ६१३०मतान्तरले अग्रता कायम गरेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका माओवादी केन्द्रका हेमराज शर्मा(डायमण्ड)ले २६१८२ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी हुमा डिसीले ३०६२४ मत ल्याएर अगाडि रहेकी छिन् । उनी गठबन्धनका भुपबहादुर डाँगी भन्दा ३५७ मतान्तरले अगाडि छिन् । गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका भुपबहादुर डाँगीले ३०२६५ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.