काठमाडौंमा बालेनको मत २३ हजार माथि

डिसी नेपाल
५ जेठ २०७९ १६:३१
1.0k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । ५९ हजार ८९७ मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गरेका छन् ।

उनीहरूबीच मतको अन्तर ११ हजार २०४ रहेको छ । यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११ हजार ४९९ मत प्राप्त गरेकी छिन । ३ लाख २ सय मतदाता रहेको काठमाडौं १ लाख ९१ हजार मत खसेको थियो ।

उपमेयरमा भने सुरु देखि नै एमालेकी सुनिता डंगोलले अग्रता कायम गरेकी छिन । उनले २३ हजार ४९८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एकीकृत समाजबादीका रामेस्वर श्रेष्ठले ७ हजार ५०७ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.