वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगी नौ हजार ५०४ मतसहित उनलाई पछयाइरहेका छन् ।
महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मत परिमाण आउन बाँकी छ ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment