काठमाडौंमा बालेनले लिए ११३७२ मतको अग्रता

डिसी नेपाल
६ जेठ २०७९ १:१२
1.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धीहरुलाई करिब दोब्बर मतले पछि पार्दै महानगरमा अग्रस्थानमा रहेका छन् ।

पछिल्लो राति १२ बजेको मत परिणाम अनुसार बालेनले २४६१८ मत ल्याएका छन् ।

एमालेका केशब स्थापित भन्दा उनी ११३७२ मतान्तरले अगाडि रहेका छन् ।

एमालेका उम्मेदवार केशब स्थापितले १३,२४६ मत ल्याएका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिहले १२३०७ मत ल्याएकी छन् ।

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले २४५९२ मत ल्याउँदा गठबन्धनका रामेश्वर श्रेष्ठले ७८६८ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.