अछामको साँफेबगरमा आज मतदान

डिसी नेपाल
६ जेठ २०७९ ६:२३
8
Shares

काठमाडौं। अछामको साँफेबगरमा आज शुक्रबार मतदान हुने भएको छ। यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि हुन लागेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको मतदानको बारेमा भने निर्णय भइसकेको छैन। यसअघि ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका बाहेक देशभरका मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको थियो।

तर, मतदानको क्रममा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई विभिन्न मतदान केन्द्रमा मतदान स्थगित हुन गएको थियो ।स्थगन भएका स्थानमध्ये ५ स्थानमा १ जेठ, ७ स्थानमा २ जेठ, ८ स्थानमा ३ जेठ र १५ स्थानमा जेठमा मतदान कार्य सम्पन्न भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.