बालेनले कटाए ३१ हजार मत, मतान्तर पनि बढ्दै
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धीहरुलाई करिब दोब्बर मतले पछि पार्दै महानगरमा अग्रस्थानमा रहेका छन् ।
पछिल्लो १० बजेको मत परिणाम अनुसार बालेनले ३१,०१५ मत ल्याएका छन् । एमालेका केशब स्थापित भन्दा उनी १४,४८८ मतान्तरले अगाडि रहेका छन् ।
एमालेका उम्मेदवार केशब स्थापितले १६,५२७ मत ल्याएका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिहले १६,२२४ मत ल्याएकी छन् ।
हलसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, २८, २९, ३० र ३२ को मतगणना सकिएको छ ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment