भरतपुर महानगरमा रेणुले बढाइन् ४०२७ मतकाे अग्रता
चितवन । भरतपुर महानगरमा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता बढाउँदै लगेकी छन् ।
पछिल्लो राति १२ बजेको मतपरिणाम अनुसार रेणुले २४६६० मत ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २०६३३ मत ल्याएका छन्।
रेणु एमालेका सुवेदी भन्दा ४०२७ मतले अगाडि रहेकी छिन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८८४० मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २४२८८ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १४ ८४६ मत ल्याएकी छन् ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment