कास्कीका गाउँपालिका अध्यक्षहरुले लिए सपथ

डिसी नेपाल
७ जेठ २०७९ ६:२०
36
Shares

पोखरा। कास्की जिल्लाका चार वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनीहरुलाई एकैसाथ मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले सपथ खुवाए।

३० वैशाखमा सम्पन्न निर्वाचनबाट कास्कीको मादी र माछापुच्छ्रेमा कांग्रेस तथा अन्नपूर्ण र रुपामा एमालेको नेतृत्व निर्वाचित भएको छ। रुपाका नवराज ओझा, मादीका देवीजंग गुरुङ, माछापुच्छ्रेका मिनबहादुर गुरुङ र अन्नपूर्णका विष्णु केसीले सपथ लिएका हुन्।

उनीहरुले आजै उपाध्यक्षहरुलाई र गाउँसभाका सदस्यहरुलाई सपथ खुवाएका छन् भने केहीमा पदस्थापनसमेत भैसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.