हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित
हेटौँडा। हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित देखिएको छ। मेयर पदमा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी नजिक पुगेकी छिन्। त्यसैगरी, उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजउन्मुख छन्।
हेटौंडा ११ नम्बर वडाको केही मत गन्न बाँकी रहेको छ। गणना बाँकीमत भन्दा बढी मतान्तर भएकाले लामा र बानियाँ विजयउन्मुख देखिएका हुन्।
नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल र उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेले दुवै जनालाई मत गणना स्थलमै गएर बधाई दिएका थिए।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment