पोखरामा आधा मतगणना सकियो, यस्तो छ नतिजा

डिसी नेपाल
७ जेठ २०७९ ६:४७
792
Shares

पोखरा। पोखरा महानगरपालिकामा मतगणना जारी छ। हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ।

जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ। महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ।

अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ। केहिबेरपछि १७, ३० र ३१ को मतगणना गर्न लागिएको छ। १६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन् । ५० प्रतिशतभन्दा बढी गणना सकिँदा गठबन्धन उम्मेद्वारको अग्रता कायम छ।

आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन्। ७२ हजार ९ सय १८ मत गणना हुँदा आचार्यले ३ हजार ४ सय ४२ मतले अग्रता कायम गरेका छन्।

मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले ३ हजार १ सय ४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट झिनो अन्तरले अगििड छिन् । उनले ३० हजार २ सय ६० मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.