सलमान खानको फिल्मबाट उनका आफ्नै ज्वाइँ निकालिए

डिसी नेपाल
८ जेठ २०७९ १२:५९
1.9k
Shares

काठमाडौं । सलमान खान अभिनित फिल्म ‘कभी ईद कभी दिवाली’ को सुटिङ हालै सुरु भएको छ । यस फिल्ममा सलमानका ज्वाइँ आयुष र जहीर इकबाल पनि देखिने बताइएको थियो । तर अहिले उनका ज्वाइँ आयुष शर्मा फिल्मबाट निकालिएका छन् ।

यससँगै अब अर्को खबर बाहिर आएको छ कि फिल्मबाट जहीर इकबालको रिप्लेसमेन्ट पनि खोजी भइरहेको छ । रिपोर्टका अनुसार मतभेदका कारण आयुष प्रोडक्सनबाट बाहिरिएका छन् । आयुष शर्मा र सलमान खान पहिलो पटक फिल्म ‘अन्तिम द फाइनल ट्रुथ’ मा सँगै देखिएका थिए ।

उनीहरूले ‘कभी ईद कभी दिवाली’बाट दोस्रो पटक स्क्रिन सेयर गर्न लागेका थिए । तर अहिले त्यस्तो भइरहेको छैन । रिपोर्टका अनुसार सलमानका ज्वाइँ आयुषले फिल्मको टोलीसँग केही रचनात्मक मतभेदका कारण परियोजनाबाट बाहिरिएका छन्। आयुषले यो फिल्मको सुटिङ सुरु गरेका थिए । स्रोतका अनुसार उनले १ दिनको छायांकन पनि पूरा गरिसकेका छन् ।

अब निर्माताहरू अब जहीर इकबालको विकल्प खोजिरहेका छन्। इटाइम्स को रिपोर्ट अनुसार निर्माताहरूले अब जहीरको भूमिकाको लागि अभिमन्यु दासानीलाई सम्पर्क गरेका छन्। अर्कोतर्फ, जावेद जाफरीका छोरा मिजन जाफरीलाई आयुषको भूमिकाका लागि अप्रोच गरिएको छ । यद्यपि जहीरले यस फिल्ममा आफ्नो भूमिका र प्रगतिको बारेमा कहिल्यै कुरा गरेनन्।

फिल्ममा सलमान खानका अलावा पूजा हेगडे, राघव जुयाल र तेलुगु अभिनेता वेंकटेश दग्गुबाती पनि देखिनेछन् । फिल्मको सेट मुम्बईको विलेपार्लेमा बनाइएको छ र यसको मुहूर्त छायांकन यहीँ गरिएको छ । फिल्मलाई फरहाद सामजीले निर्देशन गर्दैछन् । फिल्म ३१ डिसेम्बरमा रिलिज हुँदैछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *