एशियन अमेरिकी भेलामा बौद्ध हुँदै अमेरिका आएर मेयर बनेको कथा

डिसी नेपाल
९ जेठ २०७९ २:००

वासिंगटन डिसी। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस प्रमुख अतिथि रहेको एउटा भव्य कार्यक्रममा चीनको तिब्बतबाट शरणार्थी हुँदै नेपालको बौद्धमा आइपुगेको संघर्षको कथा प्रस्तुत गरिएको छ।

मे बीस शुक्रबार  वासिंगटन डिसीको जोन अफ क्यानेडी सेन्टरमा एशियन अमेरिकनहरुको एउटा भव्य भेलामा अफ्ताव पुरेभलले आफू शरणार्थी बनेर तिब्बतमा नेपाल आउंदाको अवस्था, नेपालमा शरणार्थी हुँदा र नेपालबाट अमेरिका आइपुगेर पनि शरणार्थी हुँदै अमेरिकाको ओहायो राज्यको एउटा ठूला शहर सिनसिनाटीको मेयर निर्वाचित भएको विवरण सुनाएका थिए ।

 

उनले तिब्बतबाट नेपालको बौद्धमा शरणार्थीका रुपमा केही समय बसेको र त्यसपछि भारत हुँदै अमेरिका आएको बताएका थिए र जहाँबाट जसरी आएपनि अमेरिकामा समान अधिकार एवं हैसियतमा कडा मेहनत गर्दै सिनसिनाटी शहरका जनताको मन जित्न सफल भई मेयर बनेको विवरण बताएर अरुको हौसला बढाएका थिए ।

एशियन अमेरिकन तथा प्यासिफिक आइल्याण्डर(एएपीआई) ले विजय उत्सव तथा अर्को पुस्ताका नेताहरुको परिचयका लागि आयोजना गरेको सो कार्यक्रममा अमेरिकी उपराष्टपति ह्यारिसले राष्टिय एकतामा जोड दिइन्।

उनले भनिन्, ‘मलाई थाहा छ, हामी सबै मिलेर भविष्य निर्माण गर्न सक्छौं, त्यसैले हामी आफ्नो कामलाई निरन्तरता दिऔं, हामीले जे गरिरहेका छौं त्यसले फरक पारिरहेको छ भन्ने कुरामा विश्वस्त होऔं।’ उनले अगाडि भनिन् ,  ‘अमेरिमा जसले उपलब्धी हासिल गरेका छन् उनीहरुले कडा मेहनत गरेका छन्, हामीले असल नियतका साथमा मिलेर मेहनत गर्नु पर्छ।’

कार्यक्रममा अध्यक्ष शेखर नरसिंहनले एशियन अमेरिकन समुदायले विविधताले युक्त भएको र अमेरिकाको मतदाताका रुपमा पनि निकै तीब्र गतिमा बढिरहेको बताउँदै यो समुदायले मतदानका समयमा उल्लेख्य उपस्थिति देखाउनु जरुरी भएको बताए।

कार्यक्रमका सह अध्यक्ष नेपाली मुलमा अमेरिकी हरि शर्माले एशियन अमेरिकी समुदायसँग यहाँको निर्वाचनमा उम्मेद्वारलाई विजयी बनाउने गरिको शक्ति भएको उल्लेख गर्दै साझा उद्देश्य हासिल गर्न एएपीआईले सामुहिकरुपमा कार्य गर्नुपर्ने बताएका थिए।

उनले सिनसिनाटीका मेयरले तिब्बतबाट काठमाडौंको बौद्ध आएको र शरणार्थीका रुपमा नेपाल बसी अमेरिकासम्म आएर यहाँको राजनीतिमा उल्लेख्य संघर्ष गर्दै निर्वाचित मेयर बन्न सफल भएकोमा उनको संघर्षको प्रसंसा गर्दै वधाइ ज्ञापन गरेका थिए ।

कार्यक्रममा नेपाली मुलका चर्चित फेशन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेका उपराष्ट्रपति कमला ह्यारिसले लगाएका लुगाबारे पनि केही बेर चर्चा भएको थियो।

कार्यक्रममा न्यूजर्सीका कंग्रेसम्यान एण्डी किम, बोष्टन शहरका मेयर मिचेल वु, फिल्म प्रड्युसर एवं अभिनेता ड्यानियल किम,एम्मी अवार्ड विजेता जेन्नी जेन्किन्स, हास्य कलाकार अभिनेता,आसिफ माण्डवी, अवार्ड विजेता फेसन डिजाइनर फिलिप लिम, संगीतकार जापानिज ब्रेकफाष्ट, अभिनेतृ टमिटा, पुलित्जर प्राइज विजेता पत्रकार जोस एन्टोनियो भर्गस, लेखक एवं पत्रकार मिन ली, गायक तथा अभिनेतृ क्राभाल्होलगायतको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *