नयाँ गन्न सुरु गरिएका २ वडामा पनि बालेन पछि परे

डिसी नेपाल
९ जेठ २०७९ १२:१८

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत लगभग ४६ हजार पुगेको छ । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहसँग झण्डै साढे १८ हजार मतले अग्रता बनाइरहेका छन् । १० वटा वडामा पछि पर्दा समेत उनको मत यति धेरै भएको हो ।

बालेन शाहको मत सोमबार बिहान साढे ११ बजेसम्म ४५ हजार ९८२ पुगेको छ । कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ र एमालेका केशव स्थापितले २६ हजार ४५४ मत पाएका छन् । बालेनले सिर्जनासँग १८ हजार ५५९ र स्थापितसँग १९ हजार ५२८ मतले अग्रता बनाएका छन् ।

अहिलेसम्म बालेन कूल १० वटा वडामा भने पछि परेका छन् । वडा नम्बर १२ टेकुमा बालेन तेस्रो छन् । यहाँ कांग्रेसको ११७८, एमालेको ९०१ मत आउँदा बालेनको ६५९ मत मात्र छ । वडा नम्बर १५ डल्लुमा कांग्रेसको २९, एमालेको २० र बालेनको १७ मत छ । यहाँको १.१५ प्रतिशत मत मात्र गणना भएको छ ।

यस्तै वडा नम्बर २० भिमसेनस्थानमा कांग्रेसको २५, एमालेको २३ र बालेनको १५ मत छ । यहाँ पनि ३.३२ प्रतिशत मत मात्र गणना भएको छ । वडा नम्बर २१ ज्यावहालमा एमालेको ४०४, कांग्रेसको ३१५ मत आउँदा बालेनको ३०८ मत छ । वडा नम्बर २२ टेबहालमा एमालेको ५१३, कांग्रेसको ४५७ मत आउँदा बालेनको ३७६ मत छ । वडा नम्बर २३ ओमबहालमा एमालेको ७१०, कांग्रेसको ५८९ र बालेनको ४८१ मत छ ।

यस्तै वडा नम्बर २४ मखनमा एमालेको ९१०, कांग्रेसको ७६० र बालेनको ६०२ मत छ । वडा नम्बर २५ जनबहालमा एमालेको ९९६, कांग्रेसको ७८२ र बालेनको ७१७ मत छ । वडा नम्बर २७ महाबौद्धमा कांग्रेसको ९८४, एमालेको ९८१ र बालेनको ५५२ मत आएको छ । वडा नम्बर २८ पुरानो बसपार्कमा एमालेको ७४१, बालेनको ७१७ र बालेनको ७१० मत छ ।

बालेन माथि उल्लेख गरिएका १० वडामा पछि परेका छन् । यी १० वडाबाहेक अन्य १८ वडामा पनि मतगणना भइरहेको र केहीमा सकिइसकेको छ । अन्य १८ वडामा भने सबैमा बालेनको अग्रता छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *