हेटौंडामा मूल्यवृद्धि विरुद्ध सडकमा आगो बालेर चिया पकाउँदै प्रदर्शन

डिसी नेपाल
१० जेठ २०७९ २०:२६
44
Shares

हेटौंडा । नेकपा एमालेको विभिन्न भातृ संगठनहरुले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।

हेटौंडाको सीमाचोकबाट बुद्धचोकसम्म मोटराइकल डोहोर्‍याउँदै र ग्यासको सिलिन्डर बोकेर प्रदर्शन गरेका थिए ।

त्यसैगरी उनीहरुले सडकमा नै आगो बालेर चिया पकाएर प्रदर्शन गरेका थिए ।

एमालेको भातृ संगठन अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायतको संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । उनीहरुले गठबन्धन सरकार जनतालाई मूल्य वृद्धि उपहार, मैले पकाएर खाएको पनि देखि सकेनौ है सरकार लगायतका नाराहरु लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *