पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन (फोटोफिचर)

डिसी नेपाल
१० जेठ २०७९ २१:०९

काठमाडौं । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै माईतिघरमामा बिरोध प्रदर्शन भएको छ ।

नेकपा एमाले निकट भातृसंगठन यूवा संघ र अनेरास्ववियुले मंगलबार बिरोध प्रदर्शन गरेको हो । माईतिघरमा निकालेको विरोध जुलुसमा यूवा संघ र अनेरास्ववियुका नेताहरूले सम्बोधन गरेका थिए।

नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो भने यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।

तस्वीरः किरण ढकाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *