इशान प्रसाई मेमोरियल ट्रष्टद्धारा झापाको बलभद्र माविमा खानेपानीको व्यवस्था
काठमाडाैं । इशान प्रसाई मेमोरियल ट्रष्टद्धारा झापाको बलभद्र माबिमा फिल्टर सहित खानेपानीको व्यवस्था गरिएको छ। २२ सय विधार्थीहरु अध्ययन गरिरहेको बिद्यालयमा खानेपानी अभाब भैरहेको बेला बिद्यालयका पुर्व बिद्यार्थी एबं एनआरएन राष्ट्रिय समन्वय परिषद आयरल्याण्डका पुर्व अध्यक्ष हालका पर्यटन दुत गणेश प्रसाईको पहलमा इशान प्रसाई मेमोरियल ट्रष्ट द्धारा दुई लाख पचास हजारको लागतमा स्कुलमा फिल्टर सहित खानेपानीको व्यवस्था गरिएको हो ।
स्व. इशान प्रसाई एक होनहार युवा जो जीवनका अनगिन्ति सपना लिएर उदाएका थिए । उनको सम्झनामा ईशान प्रसाईका पिता आयरल्याण्ड मात्र होईन सिंगो बेलायतभित्र चर्चित समाजसेवी पर्यटन दुत तथा एनआरएन आयरल्याण्डका पुर्वअध्यक्ष गणेश प्रसाई र माता गोमा देबी प्रसाईले गृह जिल्लामा विभिन्न परोपकारी काममा संलग्न हुँदै धेरै परोपकारी कामहरु गर्दै आएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment