स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ
पर्सा। वीरगंजमा स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको उक्त रकमसहित भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम पक्राउ परेका हुन्। उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment