देशभर कहाँ के भए ? तस्बिरमा हेर्नुहोस्

डिसी नेपाल
१२ जेठ २०७९ १७:५६

 बारी जोत्दै स्थानीय किसान–भोजपुरको अरुण किनारमा पर्ने स्थानीय निकाय अरुण गाउँपालिकाको गन्धर्व गाउँमा बारी गोरु जोत्दै स्थानीय किसान । गोरुलाई चर्न नदिन मुख छोप्ने मोहला लाउने प्रचलन छ ।

खच्चडबाट खाद्यान्न ढुवानी–गण्डकी प्रदेशकै दुर्गम गाउँपालिका नार्पाभूमिमा मनाङ सदरमुकाम चामेबाट खच्चडबाट खाद्यान्न साम्रगी दुवानी गर्दै । सडक सञ्जालले नजोडिएको यस गाउँपालिकाको यातायात नै खच्चडको भरमा छ ।

 

सिस्ने सिमसारको दृश्य– कृष्णपुर नगरपालिका–२ मा पर्ने सिस्ने सिमसारको दृश्य । यो क्षेत्र आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

प्रमाणित विधेयक प्रदान– कर्णाली प्रदेशप्रमुख तिलक परियार बुधबार ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न विधेयक’ प्रमाणीकरणपश्चात् निमित्त सचिव भीमराज थानीलाई प्रदान गर्दै ।

विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण–जिल्लाको भानु नगरपालिका–१३, ढुलोढुङ्गास्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार शाहलाई रु साठी हजार हस्तान्तरण गर्दै सोही विद्यालयका पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गल गुरुङ्ग लगायतका । उक्त विद्यालयको आधारभूत तहमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न विद्यालयको स्रोतबाट धान्न नसकेपछि पूर्वविद्यार्थी मञ्चले आर्थिक सहयोग जुटाएर सहयोग गर्दै आएको हो ।

चित्ताकर्षक ‘झ्यालिन्चा’ अर्थात् गाइने कीरा– सिर्जना कलेज अफ फाइन आर्टस्को आयोजनामा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा जारी कला प्रदर्शनीमा राखिएको कलाकार शारदामान श्रेष्ठको सिर्जना गाइने कीरा अर्थात् ‘झ्यालिन्चा’ । यहाँ २४ कलाकारका ५१ सिर्जना प्रदर्शनमा छ ।

बाढीले क्षति पुर्याएको ठाउँमा तटबन्ध– गत जेठ १४ मा आएको बाढीले बगाएर क्षति पुर्याएको मनाङ चामेगाउँपालिका– ४, घट्टेखोलामा गाउँपालिकाको सहयोगमा तटबन्ध गरिँदै ।

खरको घर– म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको छेपारेमा स्थनीयवासीको खरले छाएको घर । ग्रामीण भेगमा अझै पनि परम्परागत खरले छाएका घर भेटिन्छन् ।

प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओली– नेकपा (एमालेका) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको बिहीबारको बैठकमा धारणा राख्दै ।

बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइँदै– कैलालीको टीकापुर अस्पताल अनुगमनका क्रममा बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, सामाजिक विकासमन्त्री गोविन्द बोहरा र सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका ।

प्रतिनिधिसभा बैठक– प्रतिनिधिसभाको बिहीबार बसेको बैठक ।

ज्ञापनपत्र– कैलालीको टीकापुर अस्पताल अनुगमनमा आउनुभएका सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल र सामाजिक विकासमन्त्री गोविन्द बोहरालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारी । ज्ञापनपत्रमा अस्पतालको विकासका लागि आवश्यक बजेट सहयोग गरिदिन माग राखिएको छ ।

राष्ट्रियसभा बैठक– राष्ट्रियसभामा बिहीबार बसेको बैठक ।

महानगर प्रमुख आचार्यलाई निर्वाचित प्रमाणपत्र– पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई ।

पदभार ग्रहण– तनहुँको व्यास नगरपालिका–५ का नवनिर्वाचित वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ बिहीबार वडा कार्यालयमा पदभार ग्रहण गर्दै । व्यास नगरपालिकाका १४ वटै वडाका अध्यक्षहरुले पदभार ग्रहण गरिसकेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिलाई शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम– पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको घोषणासभा, शपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।

मार्सीधान रोप्दै किसान– जुम्लाको हिमा गाउँपालिकाको मोप्लाका किसान मार्सीधान रोप्दै ।

फोटो: रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *