काठमाडौं महानगरको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल विजयी

डिसी नेपाल
१२ जेठ २०७९ २३:२०

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह  विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार शाहले ६१ हजार ७ सय ६७ मत प्राप्त गरी  विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेकी छिन् भने एमालेका केशब स्थापितले ३८ हजार १सय १७ मत प्राप्त गरे ।

यसैगरी,उपमेयरमा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पार्दै विजयी भएकी छिन् ।

डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत प्राप्त गरी उपमेयरमा पराजित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *