बालेनसहितका स्वतन्त्रहरुको जितको खुसियालीमा अर्घाखाँचीमा दिप प्रज्वलन

डिसी नेपाल
१३ जेठ २०७९ २२:००

अर्घाखाँची । स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवाहरुले जितेको खुसीयालीमा अर्घाखाँचीमा दिप प्रज्वलन गरिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहलाई निर्वाचन आयोगले बिजेता घोषणा गरेकै दिन अर्घाखाँचीको बल्कोटमा पनि दिपावली गरिएको हो ।

‘हामीले खुसीयालीमा दिपावलीमात्र होइन सफल कार्यकालको कामनाको लागि प्रार्थना गरेका छौ ।’ स्थानीय युवा पशुपति पाण्डेले भने , ‘ उहाँहरुप्रति युवाहरुको आशा र भविश्य जोडिएको छ । उहाँहरुको डेलीभरीमा हाम्रो भविश्य जोडिएकोले सफल कार्यकालको कामनाका लागि प्रार्थना गरेका हौँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *