नवनिर्वाचित मेयर बालेन पुगे सिसडोल र बञ्चरेडाँडा(तस्बिरहरु)
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह धन्यवाद ज्ञापन र्यालीलगत्तै उपत्यकाको फोहोर विसर्जन गरिने ठाउँ सिसडोल र बञ्चरेडाँडा पुगेका छन्।

उनी महानगरको फोहारको उचित ब्यवस्थापनको लागि स्थानीयबासीसँग सहजीकरण गर्न त्यहाँ पुगेको बताएका छन् । उनले स्थानीयहरूका गुनासोसमेत सुनेका थिए।केही दिन अगाडि काठमाडौंको फोहार बिना अनुमति फालिएको भन्दै स्थानीयबासीले विरोध गरेका थिए ।

फोहोर काठमाडौँ उपत्यकामा ठूलो समस्या रहँदै आएको छ। अहिले त झन् लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन। काठमाडौंका सडक र गल्लीमा फोहोरका डंगुर थुप्रिएका छन्।

बालेनले काठमाडौंको फोहोरको समस्या समाधान नगरी विजय उत्सव नमनाउने घोषणा गरेका छन्।





तस्बिरः सागर डिसी
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment