सप्तरीमा आगलागी हुँदा २५ लाखको क्षति

डिसी नेपाल
१३ जेठ २०७९ २३:११

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ५ मा शुक्रबार बिहान आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।

स्थानीय महेन्द्र कामैतको गोठ लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगलगी हुँदा गोठ संगै उनकै ३ जना छोराहरुको घर र घरमा भएको खाद्यान्न,लत्ताकपडा, भाडाकुडा लगायतको सामाग्री जलेर नष्ट भएपछि २५ लाख बराबरको क्षति भएको हो।

आगलागीबाट महेन्द्र कामैतको घर,एउटा बाख्रा जलेर नष्ट भएपछि करिब चार लाख बराबरको क्षति भएको छ । उनको छोरा शंकर कामैतको घर र एउटा बाख्रा, शत्रुधन कामैतको घर र एउटा बाख्रा,भरत कामैतको घर र एउटा बाख्रा गरि करिब पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानिय बासिहरुको सहयोगमा निभाएको छ।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *