विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग अखिलको माग

डिसी नेपाल
१३ जेठ २०७९ २३:१९

काठमाडौं । अखिन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय तहका विद्यार्थीमा पाठ्यपुस्तक नपुगेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक पु¥याउन माग गरेकी हुन् ।

सामग्री केन्द्रले रुस र युक्रेन युद्धका कारण देखाउँदै लाखौँ विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरी समयमै पाठ्यपुस्तक छाप्न सकिएन भनेर गैरजिम्मेवार जवाफ दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको कार्यप्रति अनेरास्ववियुले ध्यानाकर्षण भएको जनाएको छ ।

“मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारणले हरेक वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै विद्यालयहरुमा पुगिसक्नुपर्ने पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रको सुरु भइसकेको हप्तौँ बितिसक्दा पनि विद्यार्थीहरुको हातमा पुग्न सकेको छैन”, विज्ञप्तिमा भनिएको छ, “जनक शिक्षा सामग्री केन्द्रले हरेक वर्ष यसरी नै लाखौँ विद्यार्थीमाथि अन्याय गर्दै आइरहेको छ र आफ्नो कमजोरी लुकाउन सधैँझैँ बाहनाबाजी गरिरहेको छ ।”

जनक शिक्षा सामग्री केन्द्रभित्रको बेथिति, ढिलासुस्तीको अन्त्य गरी र केन्द्रको क्षमता वृद्धि गरी समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउन भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *