व्यंग्य : भोट झर्‍याे, दुुर्घटना टर्‍याे

डिसी नेपाल
१४ जेठ २०७९ ७:१५

राजधानी महानगरको प्रमुुखमा उम्मेदवारी दिने काम सकिनासाथ चुुनाव मैले जितिसकेँ त्यसैले यहाँको हिसाबमा ‘द गेम इज ओभर’ भनेर निकै चर्चा पाएका र पटक-पटक प्रमुुखको पद खाएका अनि अहिलेपनि बिभिन्न तरिकाले उम्मेदवार हुुन आएका स्वघोषित सर्वयोग्य र सर्ब बिजेता बरिष्ठ ब्यक्तित्वको चर्चा सधैंभरि हुुने गरि रेकर्डमै रहने भयो।

पहिले एक पटक बामपन्थी दलको तर्फबाट प्रमुुख, एक पटक राजाको तर्फबाट प्रमुुख भइसकेका र इलेक्टेड र सिलेक्टेड दुुबै तरिकाबाट त्यो कुुर्सीमा गइसकेका अनुुभवी ब्यक्तिको थुुतुुनो दुई/चार ठाउँमा बोल्दा नराम्रोसित चिप्लिएको देख्दादेख्दै बिगतमा मुतुनो पनि जोगाउन नसकेको आरोपले उनको ‘गेम इज ओभर’ हुनमा निकै ठूलो भूमिका खेलेको र उनले अन्य प्रतिस्पर्धीहरुलाई निकै हेपेर शब्दबाँणले पेलेको हुुनाले पनि उनलाई तेश्रो नम्बरतिर ठेलेको हो भन्नेहरुले उनको दललेपनि सही उम्मेदवार छान्न नसक्नाले यो समस्या झेलेको हो भनेर कुरा काट्दै गफ गर्न पाएका छन्।

यसो हेर्दा आफूलाई टिकट दिलाउने र उम्मेदवार हुुने ब्यबस्था मिलाउने दलका अध्यक्ष बालकोटे कामरेडको नक्कल गरेर चर्चामा आउने प्रयास गर्दा अक्कल पुुर्याउन नसकेर यिनको यो हालत भएको हो कि जस्तो पनि देखिन्छ। बालकोटे कामरेडको आफ्नै ओरिजिनल बोलिचालीको सिको गर्न सके मतदाताले यत्तिकै जितको टिको लगाइ दिन्छन् भनेर भेटघाट र सभाहरुमा ओली बन्न खोज्दा यिनको बोली गलत तरिकाले चिप्लेको हो कि जस्तो देखिन्छ।

उहिले एकजना लौह पुुरुष भनिएका नेताले राजधानीमा लौरो उठाएपनि जितिन्छ भनेकामा यही लौरोले नै उनकी बुुहारीसहित गेम इज ओभरलाई पनि लघार्यो। थर स्थापित भएपनि लौरोले बिस्थापित पार्ने र आफ्नो औकातमा झार्ने ब्यक्तित्व बन्न चाहिँ यिनि सफल भए।

आफ्ना प्रतिस्पर्धिहरुलाई ज्यादै हेपेर सारै चुत्थो तरिकाले टिप्पणी गर्दै र चुुनावै नभइकन प्रमुुखको कुुर्सीमा बस्न अघिअघि सर्दै हिँडेको पनि मतदाताले पचाउन नसकेको हुुनाले यिनले आफ्नै थुतुनोको कारणले मत बचाउन नसकेका हुुन् भन्नेहरुको पनि कमी छैन।

बिगतमा यिनले गरेका उट्पट्याङ काम, हावादारी अभिब्यक्ति, गफैगफका योजना, प्रदेश मन्त्री हुुँदा देखाएको क्रियाकलाप, चुुनावको सिलसिलामा गरेका सवाल जवाफ आदि सबै हेर्दा यिनको लोकप्रियता हावादारी रहेछ भन्ने यिनी आफैंले राम्ररी देखाए र गेम इज ओभर भन्ने वाक्य त इतिहासमै लेखाए। जातिवादी नाराको भोटले सबैलाई पछार्छु र आफ्नो दलको अध्यक्षले जस्तै गफले सबैतिर लछार्छुु भनेको पनि शायद मतदातालाई पचेन जस्तो देखियो।

यिनले त आफ्नो बिजय उत्सव पनि जम्मा एकदिन मात्रै गर्ने र अरु पुरै समय काममा लागि पर्ने ज्यादै राम्रो योजनासमेत सार्बजनिक गरिसकेका थिए। बधाइ दिन आउँदा शुुभचिन्तकहरुले ल्याउने सगुनको अण्डा पनि सबैलाई बाँडेर खुुवाउने र त्यसको साथमा ह्विस्कीको चुुस्की समेत लिन पाइने मिठो कुरा गरेर मतदाताहरुको मुख रसाउने काम गरेपनि मतदाताले उनलाई प्रमुखको कक्षमा पसाउने काम नगर्नु मतदाताहरुको ठूलो गल्ती हो।

स्वघोषित महान नेताले आफ्नो संसदीय चुुनावमा महानगर प्रमुुखको कुुर्सीको दुरुपयोग नगरि अन्य जनमुखी कामको लागि उत्साहित भएमा त राम्रै होला तर उनको बिगतलाई हेर्दा उनको उत्साहको नतिजा आफ्नै भाइ भतिजाहरुले मात्रै सदुुपयोग गरेको देख्दा शंका गर्नेहरुलाई बल मिलेको छ। जेसुकै भएपनि उनकी छोरीको लागि उनले भने जसरी नै भोट झर्‍याे  त्यसैले गर्दा केही समयलाई दुर्घटना टर्‍याे  भनेर हर्षित भइहाल्न पर्ने अबस्था भने भइकेको छैन होला।

यतिसम्मको मौखिक तयारी गर्दापनि जित्ने गरि भोट नदिनु र यस्ता स्वघोषित होनहार उम्मेदवारको बाणीलाई सकारात्मक तरिकाले नलिनु पनि मतदाताहरुको कमजोरी नै हो। यो चुुनावमा आफ्नो निकटतम प्रतिद्वन्द्वीले ल्याएको भन्दा डब्बल मत ल्याएर आफूनै अब्बल उम्मेदवार भएको प्रमाणित गरिदिन्छूु भन्ने यिनको आत्मबिश्वासलाई पनि त्यो बेलामा सबैले मानेको देखिए पनि हावादारी गफ नै हो भनेर सबैले जानेको सही नै हो।

राजधानी मै ठूुलो राजनैतिक घरानाकि बुुहारीलाई मिलेको टिकटले पनि उनको दललाई नै निलेको देखियो। आफ्नो परिवारका सदस्यलाई चुुनावमा हराएको र प्रत्यक्ष प्रतिष्पर्धा गर्न डराएको अभिब्यक्ति स्वरुप राजधानीका जनता भेडा रहेछन् भनेको सुुन्दासुुन्दै पनि फेरि उनकै बुुहारीलाई हराएर मतदाताले राम्रो गरे जस्तो देखिएन।

पार्टी सभापतिको निर्वाचनमा उनका श्रीमानले नाटकीय रुपमा अन्तिम अबस्थामा उपप्रधानसहितको मन्त्री पद खानको लागि आफ्नो उम्मेदवारी झिकेर सभापतिलाई समर्थन गरेको भन्ने हल्ला त श्रीमतीको लागि महानगर प्रमुुखको टिकटको बार्गेनिङमा टुुँगिएको रहेछ भनेर जनताले अहिले पो बुझे।

त्यही सहयोगको पुुरस्कार स्वरुप बक्सिसमा पाएको महानगर प्रमुुखको टिकटलाई जनताले राम्रो तरिकाले लिइ दिएको भए उनको सपना साकार भएर महानगरको आकार बदलिने उनको उद्घोष पूरा हुुन नपाउँदा मतदातालाई नै घाटा लाग्ने प्रष्ट छ।

हरेक चिज बक्सिसमा लिने र आफ्नै पौरखले आर्जन गरेजस्तो गफ दिने परम्परा कायम गरेका दलहरुले पाँच दलको गठबन्धन गरेर मैदानमा उत्रिँदा समेत त्यत्रो लौह पुुरुषको बुुहारी र स्वघोषित अति लोकप्रिय युूवा नेताको श्रीमतीलाई जित्न आबश्यक मत नदिनुुलाई साँच्चैको भेडा शैली भन्न हिच्किाउन पर्दैन होला। ठूला नेताहरुका छोरी बुुहारी श्रीमती गर्लफ्रेन्ड आदिलाई त आँखा चिम्लेर भोट दिन पर्छ भन्ने अहिलेसम्म बुुझ्न नसक्नु मतदातहरुको ठुूलो कमजोरी हो।

राजधानीमा धेरैले नाम नै नसुुनेका इन्जिनियरले महानगर प्रमुुखमा लौरो चुुनाव चिन्ह लिएर र अरु सबै मै हुुँ भन्नेहरुलाई माथ दिएर भारी मतसहित चुुनाव जितेको देख्दा पहिलेका प्रमुुखहरुसित मतदाताहरु आजित भएका रहेछन् भन्ने बुुझ्न त्यति मुश्किल पर्दैन।

पेशाले इन्जिनियर, शौखले  र्‍यापर र दृष्टिकोणले राजधानीका समस्याहरु क्रमशः समाधान गर्दै जाने बिचारसहितको खाकालाई मतदाताले मन पराएको पाइयो। यसबाट अब आफ्नो खल्तीका उम्मेदवार र चल्तीका गफ दिएर हरेक चोटी दोहोर्याइएका गल्तीका लागि मतदाताले मौन समर्थन गर्दै लुसुलुसु गएर खुसुखुसु भोट हाल्दैनन् भन्ने सोचको बिकास गर्न ढिला गर्न हुुँदैन।

मत गणना सुुरु भएदेखि यिनको पक्षमा बढ्दै गएको मतसंख्या र समर्थन देखेर अरु म बाहेक अरुको जित्ने अधिकार र हैसियत नै छैन भनेर ठूला कुरा गर्ने उम्मेदवारहरु र उनीहरुका एजेन्टहरु गणनास्थलमा देखिनै छाड्नु पनि एउटा उल्का नै हो।

आधुुनिक प्रबिधि र सामाजिक सन्जालको ब्यापक प्रयोग गरेर मतदातालाई प्रभावित पारेका यिनले स्वदेशमा मात्रै नभएर बिदेशमा समेत प्रभाव पारेकोले बिदेशमा बस्ने युवा युबतीहरुले यहाँ बस्ने आमाबुुवाहरुलाई एउटा भोट लौरोमा हाल्नै पर्छ भनेर गरिएको प्रचारले पनि ठूलो सहयोग गरेछ। कुुनै पार्टीगत आधार नभएका र कुुनै पार्टीमा नगएका यिनलाई चुुनाव जितेपछि सबैले हाम्रो दलको पुुरानो कार्यकर्ता हो भनेर दावी गर्न बेर लाग्दैन।

यिनको नतिजा हेर्दा त पुुराना भनिने दलका नेताहरुले डाडुुमा पानी तताएर कुन्नि के गर्ने र यही तरिकाले अघि बढ्दै गएमा छिटै अलपत्र पर्ने पक्का जस्तै देखिन्छ। राजधानीमै बालकोटे कामरेडको दलबाट उम्मेदवार भएकी उपप्रमुुख युवती दलको चिन्हमा लडेकी भएपनि महानगरको बिकासको लागि उर्जाशिल देखिएकोले मतदाताहरुको छनौट राम्रो रहेको बुुझिन्छ।

यिनको भिजन मिसन आदि समय सुुहाउँदो भएकोले पनि मतदाताहरुले मत जाहेर गरेका हुुन्। यसबाटपनि मतदाताहरु पुुराना नेताहरुसित आजित भइसकेका र अब त्यस्ताका दिन गइसकेका छन् भनेर राम्ररी बुुझिन्छ। अबका मतदाताहरु उर्जाशिल भएर काम गर्न अग्रसर हुुने युवाहरुलाई रोज्न र त्यस्ता जनप्रतिनिधि खोज्न चाहन्छन् जस्तो देखिन्छ।

यी स्वतन्त्र उम्मेदवारको जित पछि अत्ताल्लिएर स्वघोषित अति नैतिकवान नेता कोटेश्वरे कामरेडको दलका पहिले सरकार प्रधानसमेत भइसकेका र परिस्थितिले अब राजनीतिबाट सन्यास लिन पर्ने अबस्थामा गइसकेका एकजना बरिष्ठ नेताले यस्तै ताल हो भने दलहरुको साथै नेताहरुको अस्तित्व समाप्त हुुन सक्छ भनेर संसदमै भाषण गरेछन्।

आफ्नै मतिले यो गति हुुन परेको हुुनाले यस्ता हुुतिहाराहरुको सती जान जनता अब तयार छैनन् भन्ने संकेत हो कि क्या हो भनेर उनले निकै दुुखको साथ बिचार ब्यक्त गरेको देख्दा यो हावा यत्तिकैमा टरेको मान्न सकिन्न भन्नेहरु पनि बढ्दै गएका छन्।

राजधानीको महानगर प्रमुुखमा यि स्वतन्त्र उम्मेदवारले जितेछन् भने आफ्नो कान काटेर पातमा सुुकाउँछु भन्नेदेखि लिएर राजनीतिबाट सन्यास लिने,नागढुँगादेखि शहरको मध्य भागसम्म नाँगै दौडने, एकजना पूूर्ब सचिवसँग रातभरि नाँगै सुुत्ने, प्राप्त गरेको भोट बराबर आर्थिक सहयोग गर्ने, पहिलो र दोश्रोको मतान्तर बराबर आर्थिक सहयोग गर्ने आदि आदि घोषणा गर्नेहरुले अब आफ्नो बाचा पूरा गर्ने हुुन् कि नेताहरुले जस्तै कुुरा मात्रै गरेका हुुन् अब प्रष्ट देखिने अबस्था आएको छ।

उनको कुुनै राजनीतिक दल नभएको र नेताहरुको कृपा पात्र भएर चुुनावमा नगएको हुुनाले सबै काममा मन्त्रिपरिषद, मन्त्रालयहरु, राजनैतिक दलहरु, कर्मचारीहरु, महानगर पालिकाकाकै बिभाग र पदाधिकारीहरु, स्थानीय बासिन्दाहरु आदिले असहयोग गरी हैरान पारेर र पुरानै अबस्थामा झारेर असफल बनाइ दिन्छन् अनि जसरी आए उसरी नै काम गर्न सकिन भन्दै आफ्नो बाटो लिन्छन् र बल्ल त्यस्ता पटके स्वतन्त्रहरुले यहाँको परम्परालाई चिन्छन् भन्नेहरु पनि प्रशस्त देखिएका छन्।

यस्तै हल्लाको पछि लागेर यस्ता गफलाई पत्याउँदै हिँड्ने हो भने जनमतलाई लत्याउँदै खाइपिइ सहितको राजनीति गर्नेहरुको अगाडि सबैले आत्म समर्पण गरेर टिके प्रथा लागू गरे भइहाल्यो नि भन्नेहरु धेरै भएको हुुनाले त्यस्तो अबस्था आउन नदिनै राम्रो होला।

उता धनगढी र धरानमा गठबन्धन सहितका सबै लागेर र हराउनको लागि जागेर जोडदार प्रतिष्पर्धा गर्दापनि स्वतन्त्र उम्मेदवारले भारी मतको अन्तरसहित नगर प्रमुुख जितेकोमा गठबन्धनको मन्तर असरहिन भएको देखियो।

सत्तापक्षका पन्चतत्वको गठबन्धन र प्रतिपक्षीसमेत कस्सिँदापनि कुुनै दलको एउटा आधार नभएको स्वतन्त्र उम्मेदवारले यति राम्रो जित निकाल्न सक्नु गठबन्धन लगायतका दल र तिनका नेताहरुले अहिलेसम्म आकाश पाताल जोडेर उनेका र अनेक छलछामले बुुनेका उत्कृष्ट भाषण लामो समयसम्म सुुनेका जनताले उनिहरुप्रति मनमनै गुुनेका असन्तुुष्टिको अभिब्यक्ति हो भन्न सकिन्छ।

धनगढीका बिजयी स्वतन्त्र उम्मेदवार त पहिलेपनि कुुनै दलसँग आबद्ध हुुँदै नगर प्रमुुखमा पराजित भइसकेका लोकप्रिय र सहयोगि समाजसेवी समेत रहेछन्। धरानका प्रमुुख त अति सामान्य र बेथितीहरु माथि एक्लै बिरोध गर्दै हिँडेर जनताको सबै दुुखसुुखमा साथ दिँदै सहयोग गर्दै आएका र त्यस बापतमा दुुखपनि पाएका समाजसेवी रहेछन्।

कुुनै दलको आशिर्बाद छत्रछायाँ आर्थिक सहयोग चन्दा आदि केहि नगरी एक्लै आफ्नै तालले ट्याम्पो चलाउँदै प्रचार प्रसार र घरदैलो गर्दै घ्याम्पो जत्रो भुुँडी भएका प्रतिष्पर्धिहरुलाई धुलो चटाउनु र नजिक आउन समेत नसक्ने गरि प्रतिष्पर्धाबाट हटाउनुु सानो उपलब्धि हुँदै होइन।

अब त्यस्ताका दिन गए र केही समयपछि राजनीतिक जगतबाटै हराउने भए भनेर सबैले बेलैमा बुुझेको राम्रो होला। यी बाहेक पनि अरु स्थानहरुमा निकै स्वतन्त्र उम्मेदवारहरुले जितेको देखेर अहिलेसम्म बजेट खाएर झुसिलो डकार रुपी भाषणमात्रै गरेर पचाएका कतिपय पुुराना नेताहरुले आफ्नो भबिष्य बितेको कल्पना गर्न थालिसकेका हुुन सक्छन्।

यस्ता गुुमनाम युुवा स्वतन्त्र उम्मेदवारहरुले यहि तरिकाले स्थान लिँदै र डेट एक्सपाएरहरुलाई चुुनौती दिँदै जाने हो भने परिबर्तन धेरै टाढा नहुुन सक्छ। आफूलाई बरिष्ठ देखि कनिष्ठसम्मका राजनीतिज्ञ भन्नेहरुको मै खाउँ मै लाउँ प्रबृत्ति नै यसको मुुख्य कारक तत्व भएकोले केही समयपछि त्यस्ताको सत्वसमेत बाँकि नरहने संकेतको रुपमा यसलाई लिन सकेमा राम्रो होला।

अर्को चर्चित भरतपुुर महानगर पालिकामा स्वघोषित महान नेता भनेर प्रख्यात खुुमलटारे कामरेडकी प्यारी सुुपुुत्रीले नजिते देश दुुर्घटनामा जाला र प्रमुुखको कुुर्सीमा बसेर अर्कैले त्यहाँको सुुख सुुबिधा खाला भनेर जसरी पनि जित्नै पर्ने अबस्थाबाट अब सबैलाई सन्चो भएको छ।

गठबन्धनका पन्चतत्वका साथै राज्यका सबै संयन्त्र प्रयोग गरेरपनि प्रशस्त मात्रामा नगद बाँडेको हुनाले बिपक्षीको जितलाई भाँडेको हो नत्र गाह्रो पर्ने थियो भन्ने हल्लामा खासै सत्यता छैन भन्ने सुुनियो।

सबैतिर मिलाउन र जसलाई जे चाहियो त्यही दिलाउन सकेकोले यसपाली पहिले जस्तो मतपत्र च्यात्ने चपाउने र बिपक्षीहरुलाई तर्साएर धपाउने काम गर्न परेनछ अनि कसैले बत्ति निभाउने कामपनि गरेनछ। त्यो चाहिँ राम्रै भयो। महानगरको प्रमुुख भएर गत पाँच बर्षसम्म त्यो कुुर्सीमा आउने नगदको सबै जायज नाजायज सुुत्रहरुको भलिभाँती ज्ञान पाइसकेपछि र त्यसलाई मनग्गे रुपमा खाइसकेपछि त्यो कुुर्सी अर्कालाई छोड्न त हुुँदै भएन।

त्यही भएरपनि सरकाका प्रधान, आधा दर्जन जति सरकारका पूूर्ब प्रधानहरुका साथै गठबन्धन दलमा भएका बरिष्ठ नेतासमेत भएर मतदाताहरुलाई फकाउने, सम्झाउने, धम्क्याउने, तर्साउने र आश्वासनको भारी बर्साउने गरेर चुुनावमा उत्रँदा पनि हारेर राजनीतिबाटै हराउने हो कि भनेर डराउने उम्मेदवारले जितेपछि गठबन्धनलाईसारै ठूलो राहत भएको छ।

आफ्नो छोरीको चुुनाव चिन्ह हँसिया हथौडामा भोट नहालेमा देश ठूलै दुुर्घटनामा जान्छ र त्यसमा भोट खसालेर छोरीलाई जिताएमा आफू निकै उत्साहित हुुने उद्घोष गरेका र छोरीको जितपछि उत्साहित हुुँदै मख्ख परेका स्वघोषित महान नेताले आफ्नो संसदीय चुुनावमा महानगर प्रमुुखको कुुर्सीको दुरुपयोग नगरि अन्य जनमुखी कामको लागि उत्साहित भएमा त राम्रै होला तर उनको बिगतलाई हेर्दा उनको उत्साहको नतिजा आफ्नै भाइ भतिजाहरुले मात्रै सदुुपयोग गरेको देख्दा शंका गर्नेहरुलाई बल मिलेको छ। जेसुकै भएपनि उनकी छोरीको लागि उनले भने जसरी नै भोट झर्‍याे  त्यसैले गर्दा केही समयलाई दुर्घटना टर्‍याे  भनेर हर्षित भइहाल्न पर्ने अबस्था भने भइकेको छैन होला।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *