बेपत्ता जहाज अपडेटः एउटा हेलिकप्टर फर्कियो, सेनाको हेलिकप्टर जाँदै

डिसी नेपाल
१५ जेठ २०७९ १२:०९
760
Shares

काठमाडौं। पोखराबाट मुस्ताङको लागि उडेको केही समयपछि बेपत्ता भएको तारा एयरको जहाज अहिलेसम्म फेला पर्न सकेको छैन । यो विमान मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

स्थानीयले आफूहरुले ठूलो आवाज सुनेको भनेर सुरक्षा निकायलाई खबर गरेपछि सुरक्षा निकायले खोजीलाई यही क्षेत्रतिर केन्द्रित गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आशंका गरिएको क्षेत्रमा मौसम खराब भएकोले उद्धारमा कठिनाइ भइरहेको छ ।

‘सूचना पाएपछि हामीले एउटा हेलिकप्टर पठाएका थियौं तर मौसम खराब भएका कारण त्यो हेलिकप्टरले केही फेला पार्न नसकेपछि फर्किएको छ’ शर्माले डिसीनेपालसँग भने ‘त्यसपछि फेरि नेपाली सेनाको हेलिकप्टर आशंका गरिएको क्षेत्रमा गएको छ ।’ उनले आशंका गरिएको भए पनि अहिलेसम्म दुर्घटनाको पुष्टि गर्न सकिने कुनै आधार फेला नपरेको बताए ।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *