स्कर्पियोको ठक्करबाट घाइते एक जनाको उपचारका क्रममा मृत्यु
सांकेतिक तस्वीर
सप्तरी । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बोदे बरसाइन नगरपालिका–५ जाँजरमा स्करपियोले ठक्कर दिँदा एक गम्भीर घाइते पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
पूर्वतर्फ आउँदै गरेको प्र.२–०१–००१ च ००२२ नम्वरको स्कारपियोले शनिबार राति सोही ठाउँका ६० वर्षीय सुवेदार मियाँलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचाररत उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment