घटनास्थल पुगेका शेरचनले भने-शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ

डिसी नेपाल
१६ जेठ २०७९ ९:१०
4.0k
Shares

पोखरा। पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन्। जहाजमा आगो नलागेको उनीहरुले बताएका छन्।

स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए।

‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव  अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन्। आगो लागेको छैन।’

त्यहाँ सेना पनि भर्खरै जाँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *