काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना चालकमाथि कारवाही
काठमाडौं।ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६६ जना, तिब्र गतीमा सवारी साधन चलाउने ८३ जना, मादप पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने ११६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४६ जना क्षमता भन्दा बढी यात्रु राख्ने ३२ जना र लेन उल्लंघन गर्ने ३२ जना चालकलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment