कीर्तिपुरमा दिउसै सडकमा कुटपिट गरी हत्या

डिसी नेपाल
१८ जेठ २०७९ ११:५८
1.8k
Shares

काठमाडौं। चन्द्रागिरी नगरपालिका-१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका-८ रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन्।

सोही नगरपालिका-३ ढल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *