बेहुला बिना बिहे गर्दै २४ वर्षकी युवती, बिहेपछि एक्लै हनिमुन पनि जाने

डिसी नेपाल
१९ जेठ २०७९ १२:३५
3.5k
Shares

काठमाडौं । विवाहलाई लिएर केटीहरुको फरक फरक सपना हुन्छ । उनको पनि धेरै इच्छा छ । हरेक केटीजस्तै २४ वर्षीया क्षमा बिन्दु पनि आफ्नो विवाहको तयारीमा व्यस्त छिन् । उनको विवाह जुन ११ मा हुँदैछ ।

यसका लागि उनले लेहेंगादेखि पार्लर र ज्वेलरी सबै बुक गरिसकेकी छिन् । तर विशेष कुरा के छ भने उनीसँग बिहे गर्ने कोही बेहुला हुनेछैनन् । सुन्दा छक्क पर्नुहुनेछ, बेहुला बिनाको बिहे कसरी हुन्छ ? वास्तवमा, क्षमाले आफू बाहेक अरू कसैसँग विवाह गर्ने होइन।

विशेष कुरा के छ भने क्षमाले ७ फेरा लिने सम्म सबै रीति-रिवाजका साथ विवाह गर्ने छिन् । सिंदूर पनि लगाउने छिन् । तर बिहेमा न त दुलहा नै हुने छ न जन्ती । यो सम्भवतः गुजरातमा पहिलो एकल विवाह भनिएको छ।

टाइम्स अफ इण्डियासँगको कुराकानीमा क्षमाले भनिन्, उनी कहिल्यै विवाह गर्न चाहँदैनन्। तर दुलही बन्ने उनको सपना थियो । त्यसैले उनले आफैंसँग विवाह गर्ने निर्णय गरिन्। यसपछि उनले अनलाइनमा कुनै देशकी महिलाले आफैंसँग विवाह गरेको छ कि भनेर खोजिन् । तरत्यस्ता फेला पारेनन्। देशमै एकल बिहे गर्ने पहिलो युवती बनेर उदाहरण बस्ने क्षमाले बताइन् ।

क्षमा निजी फर्ममा काम गर्छिन्। ‘विवाह आफैंसँगको प्रतिबद्धता हो, बिना शर्त प्रेममा रहनु’ उनले भनिन् ‘यो आत्म-स्वीकृतिको एक कार्य हो। मानिसहरू आफूले मन परेको व्यक्तिसँग विवाह गर्छन्। म आफुलाई माया गर्छु त्यसैले मैले आफैंसँग विवाह गर्ने निर्णय गरें।’

“आफैंसँग विवाह गर्नुलाई केही मानिसहरूले अप्रासंगिक मान्न सक्छन्,” उनले भनिन् ‘तर म देखाउन चाहन्छु कि महिलाहरुको महत्व छ।’ उनका आमाबुवा खुला विचारका छन् र उनीहरूले विवाहलाई आशीर्वाद दिएका छन् ।

गोत्रीको मन्दिरमा क्षमाको विवाह हुनेछ । विवाह गर्न पाँचवटा प्रतिज्ञा लेखेकी छिन् । यति मात्र होइन, क्षमा विवाहपछि हनिमुनमा पनि जानेछिन् । यसका लागि उनले गोवा छनोट गरेकी छिन् जहाँ उनी दुई हप्ता बस्नेछिन् ।

सोलोगामी वा अटोगेमी भनेको व्यक्तिले आफैंसँग गरेको विवाहलाई बुझाउँछ। सोलोगामीका समर्थकहरूले आफूसँग विवाह गर्नु भनेको आफ्नो महत्त्व पुष्टि गर्नु हो भनी तर्क गर्छन्। यसले सुखी जीवनतर्फ डोर्‍याउँछ। यसलाई आत्मविवाह पनि भनिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *