तारा एयर दुर्घटनामा मृत्यु भएकाकाे शव आफन्तलाई यसरी बुझाइयो (तस्वीर)
काठमाडाैं। तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ। गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो।

सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ।

सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो। राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो।














हेर्नुहोस् भिडियो :
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment